लम्की –  देशका विभिन्न ठाउँबाट आफ्नै पालिकामा पुगी क्वारेन्टाइनमा बसेका नागरिक शुक्रबारदेखि घर फर्किन थालेका छन् ।सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारले बनाएको मार्गदर्शनअनुसार हाल क्वारेन्टाइनमा बसेका मानिसलाई शुक्रबार घर पठाइएको हो ।


ADVERTISEMENT


टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहादुर रावलले स्वदेशभित्रैबाट आएका नागरिकलाई वडाध्यक्षको जिम्मामा फारम भरी होम क्वारेन्टाइनमा पठाउने भन्ने प्रदेश सरकारको पत्रानुसार घर पठाइएको जानकारी दिए । ँनेपालका अन्य जिल्लाबाट आएकाहरु घर फर्काएका छौँ”, नगरप्रमुख रावलले भने, ँकर्णाली मावि सत्तीमा रहेको क्वारेन्टाइनमा आठ भारतीय नागरिक राखिएका छन् । उनीहरुलाई १४ दिन पूरा भएपछि मात्र पठाइनेछ ।”


ADVERTISEMENT

# # #


नगरपालिकाले बाहिरबाट आएका मानिस टीकापुर बहुमुखी क्याम्पस, कर्णाली मावि सत्ती, राष्ट्रिय मावि बेलुवा र सेतीमैंया मावि झुङ्गामा गरी चार क्वारेन्टाइनमा रहेका ३३७ जना घर फर्काएको छ । जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले पनि त्यहाँका सरस्वती मावि दुर्गौली, जनता मावि मुनुवा र मोति मावि मोतिनगरमा स्थापना गरिएका तीन क्वारेन्टाइनमा रहेका २१४ नागरिकलाई घर फर्काउन लागिएको जानकारी दिए ।

काठमाडौंदेखि आई टीकापुर बहुमुखी क्याम्पसमा चार दिन बसेर फर्किनुभएका प्रकाश चौधरीले अरु १० दिन बसेर स्वास्थ्य जाँच गरेर घर जान पाए राम्रो हुने प्रतिक्रिया दिए । ँचौध दिन क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षणपछि मात्रै घर फर्काएको भए हुन्थ्योँ”, चौधरीले भने, ँम त स्वास्थ्य परीक्षणपछि घर फर्काएको भए ढुक्क हुन्थेँ ।” रासस