काठमाडौं –  अमेरिकाको न्युयोर्कमा पछिल्लो २४ घण्टामा ४२२ जनाको मृत्यु भएको छ याृ यस साताकै सबैभन्दा कम संख्या हो ।


ADVERTISEMENT


३१ मार्चमा सबैभन्दा कम ३९१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । हालसम्म न्युयोर्कमा १६ हजार भन्दा धेरै कोरोना संक्रमितको ज्यान गइसकेको छ ।


ADVERTISEMENT

# # #


यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपटक निकै आलोचित भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को उपचार गर्ने विधि सिकाएपछि उनको कडा आलोचना भएको हो । कोरोना संक्रमितको शरीरमा डिस्इन्फेक्टेन्ट (कीटनाशक पदार्थ) सुईमार्फत लगाउनुपर्ने बताएका हुन् । साथै, उनले परावैजनी किरणले बिरामीको शरीरलाई संक्रमणमुक्त बनाउन सकिनेसमेत दाबी गरेका छन् ।

एक अमेरिकी अधिकारीले सूर्यको किरण तथा डिस्इन्फेक्टेन्टले कोरोनाको संक्रमण नास हुने बताएपछि उनले त्यस्तो दाबी गरेका बीबीसीले जनाएको छ ।ह्वाइहाउसमा आयोजित नियमित पत्रकार सम्मलेनका क्रममा उनले अमेरिकी सरकारको अनुसन्धानमा त्यस्तो देखिएको दाबी गरेपछि ट्रम्पले उपचार विधि सुझाएकाथिए ।