बाँके – बाँकेको हवल्दारपुरमा रहेको राम माध्यमिक विद्यालयको क्‍वारेन्टाइनमा रहेका ६७ भारतीयको कोरोना र्‍यापिड डाइग्‍नोस्टिक टेस्‍ट (आरडीटी) रिपोर्ट नेगेटिभ आएको छ ।


ADVERTISEMENT


स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइतबारसम्म जिल्लाका नेपालीसहित ६६३ जनाको स्वाब परीक्षण गरिएकामा ६५९ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।


ADVERTISEMENT

# # #


आरडीटीबाट ५३९ र पीसीआरबाट १२४ जनाको जाँच गरिएकामा चारजनाको रिपोर्ट आउन बाँकी रहेको कार्यालयका सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बताए । यहाँका क्‍वारेन्टाइनमा १४० भारतीय छन् । (रासस)