काठमाडौं । नेबि सघका पूर्वमहामन्त्री तथा नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्लेले आफ्नो विवाह खर्च कोरोना राहत कोषमा हस्तान्तरण गरेका छन् ।


ADVERTISEMENT


हालै मात्र विवाह बन्धनमा बाधिएका नेता काफ्ले र उनकी धर्मपत्नी मेनुका अधिकारीले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई दुईलाख रुपैंयाँ हस्तान्तरण गरेका हुन ।


ADVERTISEMENT

# # #


लकडाउनकै अवधिमा विवाह गरेका काफ्ले दोलखा निवासी हुन । दोस्रो जनआन्दोलनताका शसक्त भूमिका निर्वाह गरेका काफ्ले विद्यार्थी आन्दोलनमा सँधै अग्रणी स्थानमा रहँदै आएका छन् । काफ्लेले प्रेम सम्बन्धमा रहेकी मेनुका अधिकारीसँग आइतबार विवाह गरेका हुन्।