काठमाडौं –  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । सरकार सञ्चालनका विषयमा पार्टीभित्र देखिएको विवादमा सहमति खोज्नका लागि सचिवालय बैठक राखिएको हो ।


ADVERTISEMENT


नेकपा नेताहरुबीच बरिष्ठ नेता माधव नेपालको निवासमा सोमबार भएको बैठकले पछिल्ला विवादबारे सचिवालय बैठकमा छलफल गर्ने सहमति गरेको हो । शिर्ष नेताहरुविच स्थायी कमिटीका बैठक तत्कालै बोलाउने सहमति भएको छ ।


ADVERTISEMENT

# # #


नेपाल पक्षका नेताहरुले अहिले उठेका सबै विषय बैठकमार्फत हल गर्ने प्रयास नभए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिदै आएका छन् ।

सरकारले एकलौटी रुपमा अध्यादेश ल्याएपछि सत्तारुढ नेकपामा अन्तर्विरोध र शक्तिसंघर्ष तीव्र बन्दै गएको छ । विवादास्पद अध्यादेश सम्बन्धमा चौतर्फी दबाव झेलेका प्रधानमन्त्री ओली पछिल्लो समय नेता नेपाललाई फकाउने प्रयासमा छन् ।