काठमाडौं – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण ३१ लाख ३७ हजार ७ सय ६१ जना संक्रमित भएका छन् ।
ज्यान गुमाउनेको संख्या २ लाख १७ हजार नाघेको छ । आज बिहानसम्म कोरोना संक्रमणका कारण २ लाख १७ हजार ९४८ को ज्यान गइसकेको छ ।


ADVERTISEMENT


कोरोनाले सबैभन्दा धेरै अमेरिकामा ५९ हजार २४६ को ज्यान गएको छ । इटलीमा २७ हजार ३५९ को मृत्यु भएको छ भने स्पेनमा २३ हजार ८२२ को ज्यान गइसकेको छ ।


ADVERTISEMENT

# # #


कोरोना संक्रमणकै कारण फ्रान्समा २३ हजार ६६० को ज्यान गइसकेको छ भने बेलायतमा २१ हजार ६७८ को मृत्यु भइसककेको छ । हाल विश्वभर १९ लाख ६५ हजार २३४ कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५७ हजार ३०७ को अवस्था गम्भीर रहको छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।