काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् । बुधबार प्रधानमन्‍त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीको राजीनामाको कुरा उठेपछि कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् ।


ADVERTISEMENT


कुनै ठाउँबाट चुनाव लडाएर वा संविधान संशोधन गरी राष्ट्रिय सभामार्फत पनि गौतमलाई प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव ओलीले गरेका थिए ।यस्तै पार्टीमा तीन अध्यक्ष राख्ने र माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेको एक सचिवालय सदस्यले बताए । नेकपामा अहिले ओली र पुष्पकमल दाहाल अध्यक्ष छन् ।


ADVERTISEMENT

# # #


ओलीको यो प्रस्तावलाई अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, नेपाललगायतका नेताले सत्ता लम्बाउने खेलको रुपमा बुझेको आफू निकटका नेताहरुलाई ब्रिफिङ गरेका छन् ।