काठमाडौं -एक महिनादेखि भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाका विभिन्न स्थानमा क्वारेन्टिनमा बसिरहेका नेपाली नागरिकलाई आज स्वदेश ल्याइँदै छ ।


ADVERTISEMENT


पिथौरागढको धारचुला, बलुवाकोट, झुलाघाट क्षेत्रका विभिन्न क्वारेन्टाइनमा बसेका करिब १८ सय नेपालीलाई गृह मन्त्रालयको निर्देशनमा भारतीय पक्षसँग समन्वय गरी स्वदेश ल्याउन लागिएको हो ।


ADVERTISEMENT

# # #


नेपाल प्रवेशपछि सामान्य सोधपुछसहित स्वास्थ्य जाँच गरेर स्थानीय तह स्तरीय क्वारेन्टाइनमा लाने व्यवस्था मिलाइएको छ । एक महिना भारतीय क्वारेन्टाइनमा बसेका नेपालीलाई नेपाल ल्याएर थप १४ दिन क्वारेन्टाइनमा राखिनेछ ।