काठमाडौं – कपिलवस्तुको यशोधरा गाउँपालिका- ८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमानमाथि लक्षित गरेर गोली प्रहार भएको छ ।


ADVERTISEMENT


शुक्रबार बिहान अज्ञात व्यक्तिले उनलाई लक्षित गरेर गोली चलाएका हुन् । अध्यक्ष सहाबुद्दिन सकुशल छन् ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) दिपशमशेर जबराले अनलाइनखबरलाई बताए अनुसार घटनामा संलग्न भएको आशंकामा एक जना स्थानीय पक्राउ परेका छन् ।

घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।