काठमाडौं –  उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले श्रमिक वर्गलाई केन्द्रमा राखेर आगामी नीति, कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


शुक्रबार श्रमिक दिवसको शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति पुनले कोरोनाका कारण श्रमिकको दैनिकी  कठिन बनेकोले उचित ध्यानदिनु पर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


श्रमिक मजदुरहरुको हकहितका लागि भएका संवैधानिक व्यवस्थाको कार्यान्वयनलाई यतिबेला अझै प्रभावकारी बनाउनु पर्ने उनको भनाइ छ । उपराष्ट्रपति पुनले कोरोनाले अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका नेपालीले पनि रोजगारी गुमाउन सक्ने भएकोले त्यसबाट उत्पन्न हुने बेरोजगारी र देशको अर्थतन्त्रमा पर्ने प्रभावबारे ध्यान दिइ तयारी गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।