काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य तथा संघीय सांसद विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्नुपर्ने कुनै कारण नभएको दाबी गर्नुभएको छ । ‘पार्टीभित्र टाउको गनेर होइन, जनमतले निर्वाचित गरेको प्रधानमन्त्री र महाधिवेशनबाट निर्वाचित अध्यक्षले जनमतकै आधारमा मात्र पद छोड्न मिल्छ’ जनता टेलिभिजनको कार्यक्रम खुलामञ्चबाट सांसद भट्टराईले भने


ADVERTISEMENT


‘अर्का अध्यक्ष प्रचण्डसँग शक्ति बाँडफाँड गरिसकेको अवस्थामा ओली आगामी अधिवेशनसम्मको अध्यक्ष र आम निर्वाचनसम्मको प्रधानमन्त्री हो, त्यसैले अध्यक्ष ओली स्वयंले पनि यसबाट दायाँबायाँ गर्न मिल्दैन र जुन जनादेश विपरित पनि हुन्छ ।’मुलुकमा पाँच वर्षे सत्ता चलाउने म्याण्डेट पाएको नेकपामा दुई वर्ष पुग्नासाथ बखेडा झिकेर जात्रा देखाउने काम भइरहेको भन्दै सांसद भट्टराईले यदि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन खोज्नुभएको हो भने दुवै नेताहरु स्थायित्वका पक्षमा नदेखिने आरोप पनि लगाएका छन् ।


ADVERTISEMENT

# # #


अध्यादेश प्रकरणपछि एक कदम पछि हटेर ओलीले हार्दिकतापूर्वक हात मिलाउन खोज्नुभएको छ तर पार्टीका अन्य पक्षले हात मिलाउन नचाहेको भट्टराईको भनाई छ । ओलीसँग संसदमा बहुमत रहेकोले प्रधानमन्त्रीको कुर्सी कसैले हल्लाउन नसक्ने भन्दै भट्टराईले यदि त्यसमा दायाँबायाँ गरिए देशभरका हजारौं कार्यकर्ताले प्रतिवाद गर्ने चे’तावनी दिए ।