काठमाडौं । यस मार्गदर्शनन्यूजडटकमका सम्पादक दीपक पाठक रिहा हुनु भएको छ । जिल्ला अदालत काठमाडौंको आदेशमा आज उहाँलाई रिहा हुनुभएको हो । सम्पादक पाठकले फेसवुक मार्फत नेकपाका अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक आलोचनालाई गर्नु भएको थियो । सोही आलोचनाबारेमा दाहालको सचिवालयले प्रेस कान्सिलमा दिएको निवेदनलाई हतियार बनाएर प्रेस काउन्सिलले सम्पादक पाठकविरुद्ध साइवर क्राइममा उजुरी दिएको थियो । सो उजुरीका आधारमा प्रहरीले बिहीबार विहान घरबाटै पक्राउ गरेको थियो ।
रेडियो नेपालका वोर्ड डाइरेक्टर समेत रहनु भएका सम्पादक पाठकको तर्फबाट अधिवक्ताहरु दिनेश त्रिपाठी, प्रविण पन्दाक, विनोदमणि भट्टराई, लवन न्यौपाने, केशरमणि अर्याल लगायतका अधिवक्ताहरुले जिल्ला अदातलमा वहस गर्नु भएको थियो ।
पत्रपत्रिका र पत्रकारसँग सम्वन्धित निकाय प्रेस काउन्सिलले नै पत्रकारले गरेको राजनीतिक आलोचनालाई अपराधको रुप दिएर थुनाउनु अन्यायपूर्ण भएको भन्दै आम पत्रकार, वुद्धिजीवी, वकील तथा सर्वसाधारणले समेत सामाजिक सञ्जाल मार्फत विरोध जनाएका थिए । सम्पादक पाठकलाई अन्याय गरिएपछि लकडाउनको समयमा पनि झन्डै दर्जन अधिवक्ताहरु अदालत पुगेर वहस गरेका थिए ।
सम्पादक पाठक पक्राउ परेपछि नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले विज्ञप्ति प्रकाशित गरि भत्र्सना गरेको थियो । महासंघले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको थियो “नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य, केन्द्रीय पार्षद, रेडियो नेपालका बोर्ड सदस्य एवं मार्गदर्शन न्युज डटकम अनलाइनका सम्पादक दीपक पाठकलाई प्रहरीले पक्राउ गरी सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरेको अभियोग लगाएकोप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको गम्भिर ध्यानाकर्षण भएको छ ।
लामो समयदेखि पत्रकारितामा संलग्न रहँदै आउनुभएका पाठकलाई बैंक तथा वित्तिय संस्थाका तथ्याङ्कहरुको कारोवार र त्यसले विद्युतीय माध्यम मार्फत गर्ने कारोवारको दुरुपयोगलाई लक्षित गरि ल्याइएको विद्युतीय कारोवार ऐनको दफा आकर्षित गरि थुनामा राख्नु र मुद्दा चलाउने प्रयास गर्नु कानुनको अपव्याख्या र दुरुपयोग तथा नियोजित मनशाय हो भन्ने स्पष्ट हुन्छ ।”
कोरोना भाइरस संक्रमणको जोखिममा समेत कार्यक्षेत्रमा खटिदै आएका पत्रकारलाई हतोत्साहित गर्ने गरी सम्पादक पाठकलाई हिरासतमा लिनु, पक्राउ गर्नु अघि नै दुई दिनको म्याद थपिनु, हतासमा मुद्दा चलाउन प्रयास गरिनु जस्ता घटनाहरुले प्रेस काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ठको पुर्वाग्रही, पुर्वनियोजित र षड्यन्त्र हो भन्नु कुरा आम पत्रकारले महसुस गरेका छन् ।


ADVERTISEMENT


दुई दशकदेखि पत्रकारिता गर्दै आउनु भएका कलमजिवी तथा राज्यले नै पत्यार गरेर प्रेस काउन्सिल, रेडियो नेपाल जस्ता निकायको सञ्चालक बोर्डमा नियुक्त गरिसकेको सम्पादक पाठकलाई यसरी पक्राउ र धरपकड गर्नु भनेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको हस्तक्षेप भएको वरिष्ठ पत्रकारहरुले बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा प्रेस काउन्सिलको कावा अध्यक्ष पदको दुरुपयोग गर्दै श्रेष्ठले पत्रकारलाई हिरासतमा पुर्याएपछि धेरै पत्रकारहरुले कुनै न कुनै दिन, केही न केही वहानामा हिरासत पुग्नु पर्ने अवस्था आउन सक्ने भन्दै सामाजिक सञ्जालमार्फत आम पत्रकारहरुलाई सतर्क हुन सचेत गराएका छन् ।


ADVERTISEMENT

# # #