नयाँदिल्ली, भारत– भारतका सञ्चार राज्यमन्त्री मनोज सिन्हाले प्रधानमन्त्री शेरबहादुर देउवाको केही बेरअघि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई भेट गरेका छन् ।


ADVERTISEMENT


भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवासहितको नेपाली प्रतिनिधिमण्डल नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत यहाँबाट प्रस्थान गरेको छ । उक्त टोली राति आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री देउवा आज अपराह्न बिहार राज्यको बोधगयाबाट नयाँदिल्ली आइपुगेका हुन् । उनी गत बुधबार भारत भ्रमणमा आएका थिए । रासस