काठमाडौँ – कोरोना भाइस (कोभिड–१९) को रोकगाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनलाई थप लम्ब्याउने भएको छ ।


ADVERTISEMENT


मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समितिको बैठकले कोरोना रोकथामका लागि वर्तमान रणनीति प्रभावकारी भएको भन्दै यसलाई जारी राख्ने निष्कर्ष निकालेको हो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिब नारायणप्रसाद बिडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरू सही रहेकाले लकडाउनलाई जारी राख्ने संकेत गरे ।  यद्दपी लकडाउनलाई लम्ब्याउने वा नलम्ब्याउने भन्नेबारे औपचारिक निर्णय भने बुधबार बस्ने मन्त्रीपरिषद्को बैठकले गर्ने उनले जानकारी दिए ।

नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको निष्कर्ष बैठकले निकाल्दै यसलाई अझै निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको उनले बताए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित थिए । उपप्रधान एवम् रक्षामन्त्री इश्वर पोखरेल संयोजक रहेको उक्त समितिको बैठकमा प्रधानमन्त्री ओली पहिलो पटक उपस्थिति भएका हुन् ।

५ गते दीप प्रज्ज्वलन गर्न आह्वान

सरकारले वैशाख २५ गते साँझ दीप प्रज्ज्वलन गर्न सबै नेपालीमा आह्वान गरेको छ ।

मंगलबारको कोराना रोकथाम उच्चस्तरीय समितिको बैठकले कोरोना उपचार तथा रोकथाममा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको सम्मानका लागि दीप प्रज्ज्वलन गर्न आह्वान गरेको हो ।

वैशाख २५ गते बुद्ध जयन्ती समेत परेकाले दीप प्रज्ज्वलन गर्न आह्वान गरिएको हो । बुद्ध जयन्तीकै दिन लुम्बिनीमा यस वर्ष अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्ने सरकारको तयारी थियो । तर, कोरोनाको प्रभावका कारण सम्मेलन स्थिगित भएको छ ।