काठमाडौं-  बुधबार बिहान ११ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बैठकले डकडाउनका विषयमा पनि निर्णय गर्ने एक मन्त्रीले बताए। सरकारले पछिल्लो पटक थपेको डकडाउनको समयावधि भोलि सकिँदैछ।


ADVERTISEMENT


कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले लकडाउन थप्नुपर्ने निष्कर्ष निकालेको थियो। बैठकले कति दिन लक डाउन बढाउने भन्ने निर्णय नगरे पनि बढाउने निष्कर्ष निकालेको हो।


ADVERTISEMENT

# # #


अहिलेसम्म सरकारले लिएका नीतिले संक्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष बैठकले निकालेको थियो।