वासिङ्टन — कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ७१ हजार नाघेको छ । जोन होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरको तथ्यांकअनुसार बुधबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७१ हजार ७८ पुगेको छ ।

वासिङ्टन — कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ७१ हजार नाघेको छ । जोन होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरको तथ्यांकअनुसार बुधबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७१ हजार ७८ पुगेको छ ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टामा अमेरिकामा थप दुई हजार १ सय ४२ जनाको मृत्यु भएको छ भने थप २४ हजार ६३ जनामा संक्रमण देखिएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १२ लाख ४ हजार ४ सय ७५ पुगेको छ । यसअघि सोमबार अमेरिकामा एक हजार १५ जनाको मृत्यु भएको थियो । यो एक महिनायता एकैदिन ज्यान गुमाउनेको सबैभन्दा कम संख्या थियो ।


ADVERTISEMENT

# # #


अमेरिकामा संक्रमितको संख्या स्पेनको भन्दा ५ र चीनको भन्दा १४ गुणा बढी हो । संक्रमितमध्ये निकै कम मानिस मात्र निको भएका छन् । जोन होप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितमध्ये २ लाखभन्दा कम निको भएका छन् । बुधबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमण पुष्टि भएकामध्ये एक लाख ८९ हजार ७ सय ९१ जना निको भएका छन् ।

अमेरिकी सरकारको एक दस्तावेजका अनुसार कोभिड–१९ बाट संक्रमित हुने तथा मृत्यु हुनेको संख्या अझै केही सातासम्म बढ्दो क्रममा रहनेछ । न्युयोर्क टाइम्स दैनिकका अनुसार त्यस्तो वृद्धि जुन पहिलो सातासम्म रहेनेछ ।

यो महिनाको अन्त्यसम्म अमेरिकामा दैनिक लाखभन्दा बढी संक्रमित हुने तथा दैनिक ३ हजारले ज्यान गुमाउने उक्त दस्तावेजमा उल्लेख छ । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोभिड–१९ का कारण १ लाखभन्दा बढी मानिसको मृत्यु हुने दाबी गरेका थिए ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्स खारेज गर्ने घोषणा गरेका छन् । टास्क फोर्सले राम्रो काम गरेको भए पनि यसको स्वरुप परिवर्तनका लागि राष्ट्रपति ट्रम्पले खारेज गर्ने घोषणा गरेका हुन् ।