काठमाडौँ – एभरेष्ट बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता भएको छ । सम्झौतासँगै अब एभरेष्ट बैंकको मोबाईल एप्स् ईबीएलटच २४ मा नयाँ सुविधा थपिएका छन् ।


ADVERTISEMENT


सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गजेन्दर कुमार नेगी र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन् । यो मोबाईल एप्स्मा अत्याधुनिक सुरक्षा प्रणाली अपनाइनुका साथै बैंकको ‘ईबीएलटच २४’ मा नयाँ सुविधाहरु थप गरिएको बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


ग्राहकहरुले यस एपमार्फत ५० भन्दा बढी बैंकका खाताहरुमा रकम ट्रान्सफर, बिजुली, पानीको महशुल, टिभी, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइ जहाज, बस तथा सिनेमा टिकटको अनलाईन खरिद गर्नुका साथै एक लाखभन्दा बढी मर्चेन्टहरुमा क्युआर पेमेन्टबाट भुक्तानी गर्न सक्नेछन् ।

यसै गरी ग्राहकहरुको सहजता र सुरक्षाका लागि फिंगर प्रिन्ट वा फेस रेकोगनिशनबाट पनि सहजै कारोबार गर्न सकिनेछ ।