काठमाडौं – नेपालमा थप १७ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । उनीहरुमध्ये एक जना दुई महिने शिशुदेखि ६६ वर्षसम्मका रहेका छन् ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सबै संक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । यो संख्या नेपालमा एकै दिन देखिएको सर्वाधिक संख्या हो । यसअघि बुधबार एकैदिन १६ जनामा कोरोना देखिएको थियो ।


ADVERTISEMENT

# # #


यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । तीमध्ये ७१ पुरुष २८ महिला रहेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

उनका अनुसार प्रदेश १ मा ३१ जना, प्रदेश नं. २ मा ३० जना, बाग्मती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नं. ५ मा २४ जना र सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णाली प्रदेशमा भने आजसम्म कोरोना संक्रमित भेटिएका छैनन् ।

संक्रमित ९९ मध्ये १६ जना निको भएका छन् ।