काठमाडौं –  भारतमा कोरोना भाइरसका कारण १ हजार ६९४ जनाको ज्यान गएको छ । संक्रमितको संख्या ४९ हजार ३९१ पुगेको छ ।


ADVERTISEMENT


संक्रमित मध्ये १४ हजार १८३ उपचार पछि निको भएका छन् । लकडाउन खुकुलो पारिएसँगै भारतमा संक्रमितको संख्या हवात्तै बढेको हो ।


ADVERTISEMENT

# # #


यसैबीच भारतको केन्द्रीय सूचना आयोगले कोरोना भाइरसको महामारीका क्रममा गरिएका सबै सार्वजनिक खर्च र गरिएका निर्णयहरूको विस्तृत र चुस्त हिसाबले अभिलेख राख्दै सार्वजनिक गर्न आदेश दिएको छ ।

कोभिड–१९ को महामारीको रोकथाम र नियन्त्रणका लागि सरकारले गरिरहेको खर्चको पारदर्शितालाई लिएर प्रश्न उठिरहेका बेला आयोगले पछिल्लो आदेश दिएको हो ।