हेटौंडा-  वागमती प्रदेशको प्रदेशसभाको छैटौं तथा बजेट अधिवेशनको तयारी सुरु भएको छ ।


ADVERTISEMENT


कोरोनाभाइरसको संक्रमणबाट सुरक्षित रहनेगरी अधिवेशन सञ्चालनको तयारी भइरहेको प्रदेशसभाका सांसद रत्न ढकालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


कोरोनाको संक्रमणलाई ध्यानमा राखी प्रदेश सदस्यहरुबीच सामाजिक दूरी कायम हुनेगरी बैठककक्षभित्र टेबल, कुर्सी र माइकको व्यवस्था भइरहेको छ ।

अधिवेशन अवधिभर प्रदेशसभा सदस्यहरुलाई मूल प्रवेशद्वारदेखि ह्यान्ड स्यानिटाइजर प्रयोग गराइ मास्क, ग्लोभ्स लगाउन दिने र थर्मल गनबाट तापक्रम नाप्ने व्यवस्था गरिनेछ ।