काठमाडौं –  भोलिबाट शुरु हुने संसदको बजेट अधिवेशन अघि सांसदहरूको आज पीसीआर टेस्ट गरिंदै छ । संसद भवन नयाँ बानेश्वरमा विहान १० बजेदेखि पीसीआर परीक्षण शुरू हुनेछ ।


ADVERTISEMENT


शुरूमा राष्ट्रियसभाका सदस्यहरूको र ११ बजेपछि प्रतिनिधिसभाका सांसदहरूको पीसीआर टेष्ट हुने संसदका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।भोलिबाट शुरू हुने बजेट अधिवेशन अघिनै सबै सांसदहरूको पीसीआर परिक्षणको रिपोर्ट आइसक्ने छ । जनस्वास्थ्य विभागका विज्ञहरूले सांसदहरूको स्वास्थ्य परीक्षण गर्ने उनले बताए ।


ADVERTISEMENT

# # #


कोरोना भाइरसबाट जोगिन संसद सचिवालयले सांसदहरूको पीसीआर टेष्ट गर्ने, सामाजिक दूरी कायम गर्न दुई सिट छाडेर बस्ने व्यवस्था मिलाउनेलगायतका शतर्कता अपनाउन लागेको हो ।

भोलि ४ बजेबाट बजेट अधिवेशन शुरू हुँदैछ ।