नयाँदिल्ली — भारतको आन्ध्र प्रदेशको विशाखापटनमको एउटा केमिकल प्लान्टमा ग्यास लिक हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


बिहीबार बिहान ग्यास लिक भएपछि आसपासका पाँच गाउँका स्थानीयलाई सुरक्षित स्थानामा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ । कतिपयले आँखा पोलेको र श्वासप्रश्वासमा समस्या भएको गुनासो गरेका छन् । ग्यास आसपासका कम्तीमा पनि २० गाउँमा फैलिएको बताइएको छ ।


ADVERTISEMENT

# # #


हिन्दुस्तान टाइम्सका अनुसार एक हजारभन्दा बढी बिरामी भएका छन् । उनीहरुलाई अस्पताल लैजाने तयारी भइरहेको छ । प्लान्टबाट ‘स्टाइरिन’ नामक ग्यास लिक भएको बताइएको छ । सरकारले केही उद्योगहरु खोल्न दिने घोषणा गरिएपछि कम्पनीमा काम सुरु भएको थियो । सुरक्षाकर्मी र दमकलले अवस्थालाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।