काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धका उपदेशले उच्च मनोबल पैदा गर्ने र कोरोनाविरुद्ध विजय प्राप्त गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् ।


ADVERTISEMENT


सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सदभाव र सहिष्णुता नेपाली समाजको विशेषता हो भन्दै उनले यही विशेषताले कोरोना भाइरसविरुद्ध लड्ने ताकत र ऊर्जा पैदा हुने बताएका छन् ।
बुद्ध जयन्ती र उभौली पर्वको उपलक्ष्यमा बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।


ADVERTISEMENT

# # #