काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले २५६४औँ बुद्धजयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले २५६४औँ बुद्धजयन्तीका अवसरमा आज साँझ ७ः०० बजे दीप प्रज्ज्वलन गरेका हुन् । प्रधानमन्त्री ओलीले बिहीबार विश्व शान्तिको कामना गर्दै देशभर सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेका थिए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्र भागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गरेकाको शान्तिका लागि दीप प्रज्ज्वलन गरेका छन् । देशभर आज साँझ ७ः०० बजे नै विश्व शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको छ ।