काठमाडौँ – कपिलवस्तुमा दुई जना कोरोना (कोभिड–१९) संक्रमित फेला फरेका छन् । बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका दुई जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।


ADVERTISEMENT


संक्रमितहरु कपिलवस्तु–८ का १६ र २२ वर्षका पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।


ADVERTISEMENT

# # #


बिहीबार दुई जनामा कोरोना देखिएसँगै नेपालमा संक्रमितको संख्या १०१ पुगेको छ । जसमध्ये २२ जना निको भएका छन् भने बाँकीको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।