काठमाडौँ — जेनेभामा मुख्यालय रहेको सरसफाइ र स्वच्छता कोष (स्यानिटेसन एन्ड हाइजिन फन्ड) ले नेपालमा अभियानका रूपमा सञ्चालित खुला दिसामुक्त क्षेत्र कार्यक्रममा थप सहयोग उपलब्ध गराउने भएको छ । कोषले आगामी पाँच वर्षसम्म कार्यक्रमलाई निरन्तरता दिने भएको हो ।


ADVERTISEMENT


यसअघि खानेपानी तथा सरसफाइ संयुक्त परिषद् (डब्लूएसएससीसी) का नाममा सञ्चालित यो अन्तर्राष्ट्रिय दातृ निकायले अहिले नाम फेरिएको जनाएको छ । विशेष गरी सरकारको खुला दिसामुक्त क्षेत्र अभियान अगाडि बढाउन परिषद्ले सन् २०१० यता नेपालमा सहयोग गर्दै आएको थियो । सर्लाही, सुनसरी, सिराहा, सप्तरी, रौतहट, महोत्तरी, धनुषा, बारा, झापा, मोरङसहित तराईका प्रमुख र सिन्धुपाल्चोक, दोलखा, रसुवा, बाजुरा, अर्घाखाँचीसहितका १८ जिल्लामा यूएन ह्याबिटाट परियोजनाअन्तर्गत कोषको सहयोग निरन्तर रहने जनाइएको छ ।


ADVERTISEMENT

# # #