कपिलवस्तु — मायादेवी गाउँपालिका–२, अभिरावका दुई कारोना संक्रमित युवालाई थप उपचारका लागि शुक्रबार बिहानै बुटवल पठाइएको छ ।


ADVERTISEMENT


उनीहरुलाई तौलिहवा उद्योग वाणिज्य संघको एम्बुलेन्समा बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा पठाइएको मायादेवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख महेन्द्र यादवले बताए । संक्रमण देखिएका युवा १६ र २२ वर्षे एकै परिवारका हुन् । उनीहरु वैशाख २३ गते राति साढे ११ बजे लुकीचोरी सीमा पार गरी नेपाल प्रवेश गरेका थिए । उनीहरुलाई सामान्य ज्वरो र टाउको दुखेपछि यहाँ प्राथमिक उपचार गरिएको थियो ।


ADVERTISEMENT

# # #


२४ गते ६५ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । त्यसमध्ये बिहीबार दुई जनामा कोरोना पोजिटिभ देखिएको थियो । उनीहरुले सिधै पकडीमा रहेको क्वारेन्टाइनमा आएको भने पनि यसबारे अनुसन्धान थालिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । कन्ट्याक्ट ट्रेसिङको काम पनि थालिएको उनले बताए ।