काठमाडौँ – संघीय संसदको दुबै सदनका ४४० सांसद र कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार संकलन गरिएका संसदका सांसद र कर्मचारी सबैको रिपोर्ट नेटेटिभ आएको हो ।


ADVERTISEMENT


संकलित नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण गरिएको थियो । परीक्षणमा कसैमा कोरोना नदेखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बिहीबार दुई सय १२ सांसद र २२९ सङ्घीय संसद् सचिवालयका कर्मचारी तथा मर्यादापालकको स्वाब सङ्कलन गरिएको हो थियो । जसअन्तर्गगत प्रतिनिधिसभाका १७९ राष्ट्रियसभाका ३३ सांसदको स्वाब संकलन गरिएको थियो । प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५८ सांसद छन् ।

बाँकी ५४ सांसदको  शुक्रबार बिहान संकलन गरिएको छ । उनीहरुको रिपोर्ट आउन बाँकी छ ।

सङ्घीय संसद्को छैटौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । आज अपराह्न ४ः०० बजे सङ्घीय संसद्को बैठक बस्ने तयारी गरिएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा बिहीबार स्वाब संकलन गराएका सांसदमात्रै जान पाउने संसद सचिवालयले जनाएको छ ।