काठमाडौँ – संघीय संसदको बजेट अधिवेशन सुरु हुनुअघि प्रतिनिधिभिाका सभामुख अग्निप्रसमाद सापकोटा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर सभामुख सापकोटाले राष्ट्रपतिसँग भेट गरेका हुन् ।


ADVERTISEMENT


भेटका क्रममा संघीय संसदको छैंठौं अधिवेशन, सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार सुधीर न्यौपानेले जनाएका छन् । उनका अनुसार सभामुख सापकोटाले राष्ट्रपतिलाई कोरोना भाइरस (कोभिड १९) का कारण उत्पन्न विषम परिस्थितिमा विश्व स्वास्थ्य संगठनले गरेको दिशानिर्देश अनुसार संसदका बैठक सञ्चालनको तयारी गरिएको जानकारी गराएका थिए ।


ADVERTISEMENT

# # #


संसदको बजेट अधिवेशन आज चार बजेदेखि सुरु हुँदैछ । राष्ट्रपतिले यही वैशाख २१ गते प्रधानमन्त्रीको सिफारिसमा सङ्घीय संसद्को छैटौँ अधिवेशन शुक्रबारका लागि आह्वान गरेकी थिइन् ।

आगामी जेठ ४ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।