कैलाली – धनगढी उपमहानगरपालिका–२ स्थित दीप टोल नजिकै चार बिघा जमिन लिजमा लिई व्यवसायिकरुपमा तरकारी खेती गर्दै आएका मुमताज गुप्ता उत्पादन भएको तरकारी बारीमै बिग्रिन थालेपछि चिन्तित भएका छन् ।


ADVERTISEMENT


“बारीमा उत्पादन भएको तरकारी धनगढीको त्रिनगर कृषि उपज हाटबजार, चौराहाको रामजानकी सब्जीमन्डी र बजारका होटेलमा बिक्री गर्ने गर्थे”, उहाँले भने, “लकडाउनले बजार पूर्णरुपमा ठप्प भएपछि बिक्री गर्न एकदमै मुस्किल भएको छ ।” उनले होटेल तथा फुटपातमा लगाइएका ठेलामा चाउमिन, ममलगायत परिकारका लागि विशेषगरी प्रयोगमा आउने बन्दाको तरकारी त पूरैका पूरै बारीमै रहेको बताए ।


ADVERTISEMENT

# # #


बारीमै फुटकर तरकारी लिने ग्राहक आउने गरेको भए पनि त्यो बिक्रीले व्यवसायमा केही हलचल नहुने उनको भनाइ छ । “दिनमा आठ÷दश किलो तरकारी बिक्री हुने गरेको भए पनि त्यो बिक्रीले आफ्नो लगानीसमेत उठ्दैन । उनले लकडाउनअघि तीनदेखि पाँच क्विन्टलसम्म तरकारी बजार जाने गरे पनि हिजोआज अत्यन्त न्यून बिक्री भएकाले ठूलो परिमाणमा उत्पादन भएका तरकारी त्यत्तिकै बारीमा खेर गइरहेको बताए ।

अहिले बारीमा २५ क्विन्टल पाकेको गोलभेडा, ६० क्विन्टलभन्दा बढी बन्दागोबीलगायत तरकारी बिक्रीका लागि तयारी अवस्थामा छन् तर कहाँ लगेर त्यो बिक्री गर्ने समस्या भइरहेको उनको गुनासो छ । “गत चैत ११ गतेदेखिको बन्दले अब त जमिनवाला साहुलाई भाडा तिर्न सकिने अवस्था छैन”, उनले भने, “जमिनको भाडा कहाँबाट दिने र परिवार जहान कसरी पाल्ने भनेर चिन्ता लागेर राति निद्रा लाग्नसमेत छोड्यो ।”

उनले लकडाउन खुल्ने आसैआसमा एक दुई हप्ता गर्दा गर्दा झण्डै दुई महिना पुग्न थालिसक्यो, कहिले खुल्ने हो अब त खुल्ला र तरकारी बिक्री गरौँला भन्ने आस मर्न थालिसकेको बताए । लकडाउन खुलुन्जेलसम्म त बारीको तरकारी कुहेर कामै नलाग्ग्ने भइसक्ने उनको भनाइ छ । आफूले तरकारी बिक्री गर्ने गरेको कृषि उपज हाटबजार, होटेललगायत मानिसको भीडभाड हुने क्षेत्र त झनै अहिले खुल्न सक्ने कुनै सम्भावना नभएको उनले विचार व्यक्त गए ।

पाँच वर्षदेखि जमिन लिजमा लिई व्यावसायिकरुपमा तरकारी खेती गर्दै आएका गुप्ताले वार्षिक रु आठदेखि १० लाख जति फाइदामात्र हुने गरेको बताए । उनले भने, “विगत सिजनमा तरकारी व्यवसायबाट निकै आम्दानी हुने गथ्र्यो तर अहिलेको समस्याले व्यवसाय पूरै घाटामा छ, लगानी उठ्न पनि मुस्किल छ ।”

बन्दाबन्दीले व्यवसायमा त अप्ठ्यारो नै पर्न थाल्यो हुँदाहुँदै परिवारको लालनपालनका लागि खर्च जुटाउनसमेत समस्या हुन थालेको उनको भनाइ छ । रासस