काठमाडौं –  विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४२ लाख ५६ हजार नाघेको छ । संक्रमणबाट दुई लाख ८७ हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ ।


ADVERTISEMENT


अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१ हजार ७ सय नाघेको छ । अमेरिकामा १३ लाख ८५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।


ADVERTISEMENT

# # #


पछिल्लो समय रुसमा संक्रमण दर तीब्र रुपले बढेको छ । त्यहाँ एक सातादेखि दैनिक १० हजारभन्दा बढी संक्रमित थपिएका छन् । रुसमा संक्रमितको संख्या दुई लाख २१ हजार नाघेको छ भने दुई हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

संक्रमणबाट बेलायतमा ३२ हजार, इटलीमा ३० हजार ७ सय, स्पेनमा २६ हजार ७ सय र फ्रान्समा २६ हजार ६ सयभन्दा बढीको ज्यान गइसकेको छ ।

त्यस्तै भारतमा संक्रमितको संख्या ७० हजार ७ सय नाघेको छ भने २ हजार २ सय ९४ जनाले ज्यान गुमाइसकेका छन् । पाकिस्तानमा संक्रमितको संख्या ३० हजार ९ सय नाघेको छ भने ६ सय ६७ जनाले ज्यान गुमाएका छन् । विश्वभर १५ लाख २७ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।