जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिकाले कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई सामुदायिक रेडियोबाट सोमबारदेखि पढाइ आरम्भ गरेको छ ।


ADVERTISEMENT


बन्दाबन्दीका कारण विद्यार्थीको पढाइमा प्रभावित भएकाले यहाँका सामुदायिक रेडियोबाट पढाउन थालिएको नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपाने बताइन् ।


ADVERTISEMENT

# # #


जिल्लामा रहेका सामुदायिक रेडियो कर्णाली एफएम, रेडियो नारी आवाज र रेडियो खुला आकाशबाट प्रत्येक दिन अनिवार्य अङ्ग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयको र कक्षा सञ्चालनमा आएको नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख खडानन्द चौलागाईँले बताए ।

अनलाइन अध्यापन कठिन
जिल्लाका आठ स्थानीय तहमध्ये चन्दननाथमा मात्र इन्टरनेटको पहुँचमा रहेकाले जुम्लामा अनलाइन प्रविधिबाट पठनपाठन असम्भव देखिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । यहाँ १७० सामुदायिक विद्यालय छन् । – रासस