काठमाडौ – श्रम, रोजगार तथाा समाजिक सुरक्षा मन्त्रालयले कोरोना भाइरसको महामारीले गर्दा अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण विदेशमा मृत्यु भएका कामदारहरुको शव सम्वन्धित देशमा नै अन्तिम संस्कार गर्नुपर्ने अवस्था आएको भन्दै सहमतिका लागि परिवारका सदस्यहरुलाई आह्वान गरेको छ ।


ADVERTISEMENT


वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आफुहरुको उद्धार गरेर स्वदेश ल्याउन नेपाल सरकार समक्ष माग गरिरहेको र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन गृहकार्य भइरहेको बताइरहेका बेला नेपालीको शव नै ल्याउन नसक्ने निर्णय सार्वजनिक भएको हो ।


ADVERTISEMENT

# # #


विदेशमै शवको दाहसंसकार गर्न सहमति जनाउने आश्रित परिवारलाई सान्त्वना स्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए । मन्त्रालयले विदेशमा कामदारको मृत्यु भएमा ५० हजार रुपैयाँ सान्त्वना स्वरुप दिने निर्णय अन्तर्राष्टिय उडान सूचारु भएपछि पनि यथावत रहने निर्णय गरेको छ ।