दार्चुला – आफ्नो जन्मभूमि व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका स्थानीयवासीले आफ्नो गाउँ जाने बाटो नभएको भन्दै पशुचौपायासहित जिल्ला प्रशासन कार्यालय दार्चुलामा धर्ना दिएका छन् ।


ADVERTISEMENT


छ महिना सदरमुकाम खलङ्गा र छ महिना व्यास उक्लिने दार्चुलाका व्यासीले गाउँ फर्किन आफ्नो भूमि भएर बाटो नभएको भन्दै पशुचौपायासहित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।


ADVERTISEMENT

# # #


वैशाख पहिलो साता कुञ्चा सर्ने व्यासीहरु विगतमा भारतीय मार्ग हुँदै जाने गरेकामा लकडाउनका कारण भारतीय भूमि भएर गाउँ जान पाएका छैनन् । नेपालतिरको बाटो मर्मत नहुँदा व्यासीहरु खलङ्गामा समस्यामा परेका छन् ।

पछिल्लो समय नेपाल र भारतबीच सीमा विवाद भएपछि झनै समस्या पैदा भएको छ ।

तस्वीर : रासस