विराटनगर– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनका लागि तीनवटै तहको निर्वाचनलाई सफल बनाउन दललाई एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले पहिलो र दोस्रोचरणको निर्वाचन सम्पन्न भएपछि संविधान कार्यान्यनमा बल पुगेको र तेस्रोचरणको स्थानीय निर्वाचनमा सबै दल सहभागी हुने भएपछि उत्साहका साथ सो निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे ।


ADVERTISEMENT

# # #


यो वर्ष ‘चुनावी वर्ष’ भएको प्रशंग उल्लेख गर्दै उनले प्रदेश र संघीय संसद्को निर्वाचन निर्धारित समयभित्रै सम्पन्न हुने स्पष्ट पारे ।

अध्यक्ष दाहालले संविधान गतिशील विषय भएकाले आवश्यकतानुसार संशोधन हुने जाने उल्लेख गर्दै अहिलेको अवस्थामा राष्ट्रिय जनता दलसमेत सहभागी भएर संविधान संशोधनको प्रक्रिया हाललाई टुंगो लागेको र संसदीय निर्वाचनपछि बन्ने संसद्ले कुन÷कुन विषयमा संविधान संशोधन गर्ने विषयको समाधान गर्ने स्पष्ट पारे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनको विषयमा भारत भ्रमणको समयमा दिएको अभिव्यक्तिको सम्बन्धमा पत्रकारको जिज्ञासामा उनले आफूलाई अधिकारिक रुपमा जानकारी नभएको र अहिले संविधान संशोधनको विषय असान्दर्भिक भएको बताए ।

कोसी उच्च बाँधका सम्बन्धमा पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले भन्नुभयो, “संयुक्त वक्तव्य आपूmले हेरेको र त्यो राख्नुपर्ने आवश्यक थिएन्, यस विषयमा प्रधानमन्त्री लगायतसँग छलफल गर्नेछु ।”