काठमाडौँ – आइएमएस ग्रुप कम्पनीले आफ्ना सबै कर्मचारीहरूलाई कोरोना बिमा सुविधा प्रदान गरेको छ । कम्पनीले प्रति कर्मचारीलाई एक लाख रुपैयाँको स्वास्थ्य बीमा प्रदान गरेको छ ।


ADVERTISEMENT


यदि कुनै कर्मचारीलाई कोरोना भाईरस लागेको देखिएमा यस बीमाले कार्मचारीलाई आर्थिक सहयोग पुर्याउने कम्पनीले जनाएको छ । कठिन समयमा सबै कर्मचारीहरूको हेरचाह गर्नु कम्पनीको सबैभन्दा ठूलो उत्तरदायित्व रहेको भन्दै आइएमएस ग्रुपका प्रसिडेन्ट तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिकेश मल्होत्राले एउटा परिवारको रुपमा स्वास्थ्य बीमा गरिएको बताए ।


ADVERTISEMENT

# # #


“आइएमएस ग्रुपमा प्रत्येक कर्मचारीलाई हामी परिवारको सदस्यका रूपमा लिन्छौं ” उनले भने, “यस्तो कठिन समयमा उनीहरूको आर्थिक भार घटाउन र उचित उपचारका लागि सहयोग पुर्याउन कोरोनाभाइरस विरुद्ध स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउने निर्णय गरेका छौं ।”

आइएमएस ग्रुप एक स्थानीय समूह हो जसको अन्तर्गत २० भन्दा बढी कम्पनीहरु छन् । आईएमएस नेपालमा सामसङ्ग स्मार्टफोनको राष्ट्रिय वितरक पनि हो । सन् १९९८ मा आधिकारिक रूपमा मोबाइल फोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो ।

कम्पनीले लक्जरी कोरियाली अटोमोबाइल ब्रान्ड साङ्योङ्गको डिलरसिप पनि प्राप्त गरेको छ र हालसालै नेपालका लागि डक्टरब्राउन, क्रेन, हिमालय, बीबी लभ, एनर्जाइजर र डीजिआइ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको डिलरशिप पनि प्राप्त गरेको छ । यसले शिक्षा, बैंकि, निर्माण, कृषि र अन्य धेरैमा आफ्ना सेवाहरू विस्तार गरेको छ ।