काठमाडौँ– दुगड फुड एण्ड बेभरेज प्रालिले उत्पादन गर्ने पेय पदार्थ फ्रुटी कारखानामा अपराध अनुसन्धान महाशाखाले छापा मारेको छ। महाशाखा र जिल्ला प्रशाशन कार्यालयको संयुक्त अनुगमन टोलीले सोमबार दुगडको सतुंगलस्थित फ्रुटी गोदाममा छापा मारी शिल गरेको छ ।


ADVERTISEMENT


म्याद सकिएको कच्चा पदार्थ फ्रुटीमा मिसाएको गोप्य सूचनाका आधारमा प्रहरीले छापा हानेको हो।
‘गोदाममा छापा मार्दा म्याद नाघेका बस्तु प्रयोग गरी फ्रुटी बनाइएको भेटिएपछि उक्त गोदाम शिल गरेका छौं,’ महाशाखाका एसएसपी दिवेश लोहनीले भने ।


ADVERTISEMENT

# # #


प्रहरीले म्‍याद नाघेको चार सय थान म्‍याङगो पल्प(आपको गुदी) भएको ड्रम बरामद गरिएको छ। सोही पल्प प्रयोग गरी फ्रुटी उत्पादन गर्ने गरेको अनुगमन टोलीले फेला पारेको छ।

दुगड फुड्सको गोदाममा गत वर्ष पनि छापा मारेर दुई लाख प्याकेट फ्रुटी नष्ट गरिएको थियो ।