काठमाडौँ– नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले देशलाई समृद्धिमा लैजान शिक्षाको रुपान्तरण आवश्यक रहेको औँल्याएका छन्।


ADVERTISEMENT


अनेरास्ववियुले आज यहाँ आयोजना गरेको ‘समृद्धिको लागि विज्ञान, प्रविधि, उद्यमशीलता र रोजगार’ विषयको विचारगोष्ठीमा उहाँले अहिलेको विज्ञान र प्रविधिको युगमा शिक्षा प्रणालीमा परिवर्तन गरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने उल्लेख गरे ।


ADVERTISEMENT

# # #


प्रा डा रामेश्वर अधिकारीले शिक्षामा विज्ञान र प्रविधिको प्रयोगसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै विज्ञान र प्रविधिको सही प्रयोग भएमा मुलुकले चाँडै समृद्धि हासिल गर्ने बताए । अनेरास्ववियुका अध्यक्ष नवीना लामाले प्रविधि शिक्षालाई जोड दिई दक्ष जनशक्ति उत्पादन गर्न सरकार लाग्नुपर्ने धारणा राखिन् ।