झापा – पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानमा रहेको निवासबाट शुक्रबार बिहान सवारी साधन पास लिएर काठमाण्डौ फर्किएका छन् ।


ADVERTISEMENT


कोभिड –१९ को रोकथामका लागि सरकारले चैत ११ गते लकडाउन लागू गर्नुअघिदेखि उनी झापामा थिए । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल शाहसमेत पाँच जनाको सवारी पास जारी गरिएको बताए ।


ADVERTISEMENT

# # #