काठमाडौं – संयुक्त अरब इमिरेट्स (यूएई)ले पनि गैर कानूनी रुपमा बसिरहेका विदेशी नागरिकहरुलाई जरिवानामा छुट दिने निर्णय गरेको छ । यूएईका राष्ट्रपति शेख खलिफा बिन जायेद अल नाहयानले बुधबार सबै किसिमको भिसा उल्लंघन गर्नेलाई जरीवाना छुट दिन निर्देशन दिएको बताइएको छ ।


ADVERTISEMENT


यूएईका स्थानीय सञ्चारमाध्यमहरुले गत मार्च १ भन्दा अगाडि यूएईमा प्रवेश वा बसोबास अनुमतिको अवधि सकिएका विदेशीले स्वदेश फर्किनुअघि कुनै जरिवाना बुझाउनुनपर्ने उल्लेख गरेका छन् ।


ADVERTISEMENT

# # #


यूएईको फेडेरल अथोरिटी अफ आईडेन्टिफाई एण्ड सिटिजनसिपका प्रवक्ता ब्रिगनडिएर खामिस अल काबीले जरीवाना छुट पाएका विदेशीहरुले मे १८ देखि यूएई छाड्न पनि पाउने बताउँदै यो छुट अवधि तीन महिनासम्म जारी रहने बताएका छन् । अगस्ट १७ सम्म देश नछाडे जरिवाना तिराउने यूएईको तयारी छ ।