काठमाडौं – सरकारले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) मुक्त देश बनाउने कार्यक्रम पहिलो प्राथमिकतामा रहने घोषणा गरेको छ ।


ADVERTISEMENT


संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०७७/७८का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त घोषणा गरेकी हुन् । त्यसका लागि प्रयाप्त मात्रमा परीक्षण गर्ने, चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरुको व्यवस्था र परीचालन गर्ने उनले बताइन् ।


ADVERTISEMENT

# # #


‘सरकारले महामारीको रोकथामका लागि अपनाउनु पर्ने स्वास्थ्य सजकताका व्यवस्थाहरुको पालना गर्ने, गराउने, संक्रमणको परीक्षणलाई व्यापक बनाउने छ ।’ राष्ट्रपति भण्डारीले भनिन्, ‘औषधि, उपकरण र चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरुको प्रयाप्त व्यवस्था तथा परिचालन गर्नेछ ।’ नेपालभित्र कुनैपनि व्यक्तिको ज्यान जाने परिस्थिति आउन नदिन सरकार दृढतापूर्वक लागेको उनले बताइन् ।

महामारीले सामाजिक, आर्थिक लगायतका विभिन्न क्षेत्रमा पारेको प्रभावको अध्ययन सरकारले गरिरहेको बताउँदै राष्ट्रपति भण्डारीले त्यसको आधारमा राज्य प्रणालीको प्रभावकारिता थप वृद्धि गरी आन्तरिक आवागमन र आपूर्ती व्यवस्था सूचारु गर्ने उल्लेख गरिन् ।

उनका अनुसार आगामी आवमा रुपान्तरणकारी, क्षेत्रगत र राष्ट्रिय स्तरका आयोजना तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको पुनप्राथमिकीकरण गरिने भएको छ ।

उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित गरिने उनको भनाइ छ । स्वदेशमै रोजगारी सिर्जनाका कार्यक्रमल्याई आत्मनिर्भर अर्थतन्त्रको विकासलाई प्राथमिकता दिइने उनको भनाई रहेको छ ।