तनहुँ – तनहुँको व्यास नगरपालिका–६ बाह्रबिसेस्थित साँगेखोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १२ वर्षीय अङ्कित राना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT


साथीसँग पौडी खेल्न गएका रानाको खोलामा डुबेर मृत्यु भएको कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । उनको दमौली अस्पताल ल्याउँदै गर्दा बाटामा मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको शव दमौली अस्पतालमा राखिएको छ ।


ADVERTISEMENT

# # #