काठमाडौँ – सरकारले अन्तर्राष्ट्रिय विमानस्थल तथा नाकाहरूमा क्वारेन्टिन गृह बनाउने भएको छ।


ADVERTISEMENT


संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०७७/७८का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थल तथा नाकामा क्वारेन्टिन र आधुनिक हेल्थ डेस्क बनाइने बताइन्।


ADVERTISEMENT

# # #


पछिल्लो समय कोरोनाभाइरसको महामारीका कारण नेपालले अन्तर्राष्ट्रिय विमानस्थल र सीमा नाका बन्द गरेको छ।