काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठन भएको दुई वर्षमा उत्साहजनक सफलता मिलेको दाबी गरेकी छन् ।


ADVERTISEMENT


संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०७७/७८का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सरकार गठनपछि पूर्णत स्थायित्व आउनुको साथै सुशासन प्रर्वद्धनको साथै विकासले गति समातेको समेत दावी गरेकी छन् । विभिन्न सूचकाङ्कले सरकार सफल रुपमा अगाडि बढेको उनले बताइन् ।


ADVERTISEMENT

# # #


उनले स्थानीय तह, प्रदेशका संरचनाहरु खडा गरेर क्रियाशिल भएको साथै वित्तिय हस्तान्तरणको कार्य समेत सफल भएको बताइन् । साथै उनले नेपाललाई सरकारको यही कार्यकाल विकासशील राष्ट्रमा स्तरोन्नती गरिने बताइन् ।

दीर्घकालिन योजनाअनुसार समुन्नत राष्ट्रको स्तरमा पुर्याउने गरी आर्थिक र सामाजिक योजना तथा कार्यक्रम अघि बढाइएको उनले बताईन् ।