काठमाडौँ – सरकारले आगाती तीन वर्षमा वर्षमा सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्ने बताएको छ ।


ADVERTISEMENT


संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०७७/७८का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले उक्त घोषणा गरेकी हुन् ।


ADVERTISEMENT

# # #


भूमि समस्या समाधान आयोगकले काम सुरु गरेको जानकारी दिँदै उनले सरकारी, सार्वजनिक र गुठी जग्गामा रहेको अतिक्रमण हटाई संरक्षण र उपयोग गर्न प्रदेश, स्थानीय तह र समुदायको समन्वयमा ‘समुदायको सक्रियता र जागरण, सरकारी, सार्वजनिक र गुठी जग्गाको संरक्षण’ अभियान सुरु गरिने जानकारी गराइन् ।

सरकारले २८ हजार मुक्त कमैयाँ पुनःस्थापना गरेको राष्ट्रपति भण्डारीले बताइन् । सरकारको नीति तथा कार्यक्रम पेश गर्ने क्रममा भण्डारीको सम्बोधन जारी रहेको छ ।