काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७३ पुगेको छ ।


ADVERTISEMENT


शनिबारबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७३ पुगेको हो ।


ADVERTISEMENT

# # #


शनिबार संक्रमण पुष्टि भएकाहरुमा बर्दिया, नार्खु निवासी २८ वर्षीया महिला, सिरहा सखुवा-१९ निवासी ३० वर्षीय पुरुष, पर्सा वीरगन्‍ज-१२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर-४ निवासी १८ वर्षीया महिला र चितवन गढौली-१ निवासी २५ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

प्रदेश नं. २ को सिरहा जिल्लामा पहिलो पटक कोरोना देखिएको छ । यससँगै प्रदेश २ का सम्पूर्ण जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित २७३ मध्ये ३६ जना उपचारपछि निको भएका छन् ।

Image may contain: text