ओखलढुंगा । संविधानसभा सदस्य समेत रहेका नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडाले भने म जनताको सेवा गर्न जन्मेको हु । जनताको सेवा गर्न चुनाव जित्नु पर्छ भन्ने छैन् । संविधानसभा सदस्य समेत रहेका खतिवडा चुनावमा पाएको परिणामलाई आधार मानेर जनतामा जाने नजाने कुरामा रोकिएका छैनन् ।


ADVERTISEMENT


विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसपछि दिनानुदिन समस्याहरु थपिँदै गएका बेला नेपाली काङ्ग्रेस नेता रामहरी खतिवडा भने स्वास्थ्य सामग्री लिएर गृहजिल्ला ओखलढुंगा आइपुगेका छु ।


ADVERTISEMENT

# # #


बुधवार र विहिवार मात्र ४ लाख बराबरको स्वास्थ्य सामग्री उनले जिल्लाका विभिन्न संस्था र स्थानीय तहलाई दिएका छन् । खतिवडाले ओखलढुंगाका जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, जिल्ला सशस्त्र प्रहरी कार्यालय, नेपाली सेनाको कार्यालय, प्रेस यूनियन ओखलढुंगा, ओखलढुंगाका सबै स्थानीय तह, उद्योग वाणिज्य संघ, रेडक्रस, ओखलढुंगा सामुदायिक अस्पताल लगायतलाई सेनिटाइजर, डीसइन्फेक्टेन्ट सेनिटाइजर मेसिन, सर्जिकल मास्क, एन ९५ मास्क, पीपीई, थर्मोगन, प्रेस ज्याकेट लगायतको सामग्री उपलब्ध गराएका हुन् ।

उनले एन–९५ मास्क १३५ वटा, पत्रकारहरुलाई प्रेस लेखिएको ज्याकेट, करिब ३ सय ५० लिटर सेनिटाइजर, दशवटा कीटनाशक स्प्रे, ५० लिटर क्लोरिन, २० हजार सर्जिकल मास्क र केही थर्मल गन समेत हस्तान्तरण गरे ।

खतिवडाले १६ जना पत्रकारलाई एन ९५ मास्क, ज्याकेट र आधा लिटरको दरले सेनिटाइजर विहिवार हस्तान्तरण गरे ।

जिल्ला प्रहरी कार्यालयलाई २० लिटर सेनिटाइजर, प्रत्येक गाउँपालिकालाई २० लिटरको दरले ८ वटा गाउँपालिकामा १६० लिटर सेनिटाइजर, ७५ वडामा दुई लिटरको दरले १५० लिटर सेनिटाइजर समेत खतिवडाले उपलव्ध गराएका थिए ।

प्रत्येक गाउँपालिकालाई एक वटाको दरले ८ वटा कीटनाशक स्प्रे र २ वटा जिल्ला प्रसासन र प्रहरीलाई हस्तान्तरण गरे । उनले कीटनाशक औषधी छर्न मिल्ने स्प्रेसँगै क्लोरीन ५० लिटर पनि जिलामै पुगेर हस्तान्तरण गरेका हुन् । उनले केही थान ज्वरो नाप्ने थर्मल गन पनि स्थानीय तहलाई हस्तान्तरण गरे ।

अहिलेसम्म जिल्लाका नागरिकसम्म पुग्ने गरी स्थानीय तह, व्यक्ति तथा संस्था मार्फत २० हजार सर्जिकल मास्क वितरण गरेको नेता खतिवडाले बताए ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै नेता खतिवडाले गाउँपालिका अध्यक्षहरुलाई विपत बेलामा जनताको पक्षमा काम गर्नुस्, कुनै पनि कारणले अख्तियार लाग्यो भने नेपाली काङ्ग्रेसले जिम्मा लिने र राहतको कामलाई तिब्रता दिन अनुरोध गरे ।