काठमाडौँ – कपिलवस्तुका थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुका दुई जना पुरुष र एक जना महिलामा कोरोना पोजेटिभ देखिएको हो ।


ADVERTISEMENT


शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना देखिएको मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए । संक्रमित हुनेहरुमा कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाकमा २५ र ३४ वर्षीय पुरुष र ४४ वर्षीय महिला रहेका छन् ।


ADVERTISEMENT

# # #


यसअघि आजै ६ जनामा संक्रमित थपिएका थिए । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७६ पुगेको छ ।