काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ४ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३०४ पुगेको हो ।


ADVERTISEMENT


सोमबार संक्रमण पुष्टि भएकाहरुमा रौतहटका ८ जना र बाराका एक जना रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।


ADVERTISEMENT

# # #


सोमबार रौतहटको इशनाथ नगरपालिका वडा नम्बर २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा माधवनारायण नगरपालिका-३ निवासी २८ वर्षीया महिला कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै रौतहटमा मात्रै संक्रमितको संख्या २१ पुगेको छ । त्यस्तै सोमबार गरिएको परीक्षणमा बाराको करैयामाया नगरपालिका-५ निवारी ३८ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको हो । बारामा संक्रमितको संख्या ४ पुगेको छ ।