काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट कसैको पनि मृत्‍यु हुन नदिने सरकारको प्रयास असफल भएको स्कीकारेका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो प्रयास कोही पनि नेपालमा कोरोनाको कारणले वा कोरोना संक्रमित भएको अवस्थामा कसैले पनि ज्यान गुमाउनु नपरोस् थियो । हाम्रो प्रयास विभिन्न कारणहरूले असफल भएको छ र २ जनाको निधन भएको छ ।’


ADVERTISEMENT

# # #


मुलुकमा अरुले कोरोनाबाट ज्यान गुमाउन नपरोस् र अरुमा संक्रमण हुन नपाओस् भनेर सरकारले उच्च सतर्कता अपनाइरहेको प्रधानमन्त्री ओलीको दाबी छ ।